महोत्तरीमा टिपरले ठक्कर दिँदा बालकको मृत्यु
महोत्तरी– महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सो सडकखण्डको सम्सी गाउँपालिका–२ पर्सामा बालुवा बोकेर गौशालाबाट सम्सीतिर जाँदै गरेको ज१क ४६६ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय शेष कलिमका आठ वर्षीय छोरा शेष औकादको मृत्यु भएको हो ।
टिपर तीव्र गतिमा गइरहेका बेला अचानक बाटो काट्न खोजेका बालकको किचिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक बालकको शव सडकमै राखेर क्षतिपूर्तिको माग गर्दै आफन्त तथा स्थानीयले सो सडकखण्ड चक्काजाम गरेका छन् ।
पोखरीमा डुबेर बालिकाको मृत्यु
महोत्तरीको महोत्तरी गाउँपालिका– ६ हरिगौरीगामा पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीया चाँदनीकुमारी बरही ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
बालिका ठाकुर साथीसँग घर नजिकैको पोखरीमा नुहाउन गएका बेला पानीभित्र पुगेपछि डुबेर मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : महर
-
ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)
-
बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमन
-
काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी
-
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
-
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण