चिनियाँ राष्ट्रपति सी आउँदा पक्राउ परेकी सुनिता रिहा
काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा पक्राउ परेकी समाजवादी पार्टीकी नेतृ सुनिता साह रिहा भएकी छन् । असोज २५ गतेदेखि हुने राष्ट्रपति सीको भ्रमण भन्दा एकदिन अघि नेतृ साहलाई पक्राउ परकी साहलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले ५ हजार धरौटीमा रिहा गरेको छ ।
राजविराज–६, खरसालटोलस्थित निवासबाटै पक्राउ परेकी साहविरुद्ध प्रहरीको कमलपोखरी वृत्तले अभद्र व्यवहारको मुद्दा चलाएको थियो । सोही आधारमा उनलाई पक्राउ गरेको थियो । भदौ २३ गते चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा पनि साहले प्रदर्शन गर्दा उनी पक्राउ परेकी थिइन् ।
उनी पक्राउ परेपछि समाजवादी पार्टीको नाम मुछिएर आएपछि सो पार्टीका सप्तरी जिल्ला अध्यक्ष केदार यादवले असोज २५ गते एक प्रेस विज्ञप्ति जारी गरी साह आफ्नो पार्टीमा नरहेको दावी गरेका थिए ।
गत बैशाख १४ गते भएको तत्कालीन संघीय समाजवादी फोरम नेपालको प्रदेश अधिवेशनमा प्रदेश सदस्यका लागि उम्मेदवारी दिएकी र प्रदेशसभा सदस्यको समानुपातिक सुचिमा समेत नाम रहेकी साहलाई पार्टीको सदस्य नै नभएको भन्दै पार्टीले विज्ञप्ति जारी गरेको थियो ।
उनी रिहा भएपछि सप्तरीका युवा तथा समाजिक कार्यकर्ताले उनलाई भव्य स्वागत गरेका छन् । तर, समाजवादी पार्टीको तर्फबाट कोही गएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण