प्रगतिशील साहित्यलाई कम्युनिस्टले गरे बेवास्ता
काठमाडौं – गाउँका पातला दुब्ला, ख्याउटे, निमुखा अनि हिनताबोधले ग्रसित, कोहीसँग बोल्दा थरथर काम्ने, उमेरले पनि साना हामी केटाहरूलाई मदन पुस्कार हात पारिसकेकी, साहित्यकारका रुपमा चिरपरिचित परिजातले किन बोलाएको होला ? पारिजातले बोलाउँदा हामीलाई विश्वास लागेन । पुनः तीन पटकसम्म बोलाउँदा पनि विश्वास नलागी नलागी पुतलीसडकस्थित पारिजातको कोठामा पुग्यौँ । त्यसबेला पारिजात घ्रिसिएर हिँड्थिन् ।
उनको हात चल्दैन्थ्यो । त्यस्तो अशक्त अवस्थामा पनि हामीलाई बोलाएर ‘तिमीहरुले रेडियो नेपालमा गएको लोकगीत साह्रै मनपर्छ, कहिले काहीँ आएर मलाई पनि सुनाउ है’ भनिन् । पारिजातको नाममा शुक्रबार पारिजात स्मृति भवन म्हेपी नयाँबजार काठमाडौँ पहिलो पटक आयोजना गरिएको परिसंवाद कार्यक्रममा पारिजातसँगै काम गरेका साहित्यकार रामेश र रायनले विगतलाई सम्झँदै राखेका माथि उल्लेखित वाक्य हुन् ।
नेपालको जनवादी सांस्कृतिक आन्दोलनसँगै राल्फाको सुरुवात गर्ने साहित्यकार पारिजातसँग सहकार्य गर्ने क्रममा उनले जीवनमा भोगेका आहोरअवरोह र सफलता खुसी प्रत्येक्ष रुपमा देख्न पाएको उनीहरुले बताए । पारिजात नेपाली जनवादी साहित्यलाई राल्फामार्फत माेर्चाबाट नेपाली जन र मनसम्म पुर्याउने प्रमुख व्यक्ति भएको उनीहरुको भनाइ थियो । महिला कलाकारमाथि गरिने विभेद,व्यवहारविरूद्धकाे आक्रोशका रुपमा साहित्यकार पारिजातले राल्फा आन्दोलनको सुरुवात गरेको रामेश र रायनले बताए ।
परिजातको कोठामा जाने आउनेक्रम बाक्लिएसँगै माओ र लेनिनबारे आफूहरुले कुराकानी गर्ने गरेको पनि उनीहरुले सम्झिए । राल्फा आन्दोलन पछाडि प्रगतिशील कलाकारितामार्फत साहित्यकार तथा कलाकारहरुले जनतामा चेनता फैलाउन ठूलो भूमिका खेलेको उनीहरुकाे भनाइ थियाे । दुईतिहाइको कम्युनिस्ट सरकारका नेता तथा कार्यकताहरुले आजभोलि प्रगतिशील गीत तथा साहित्य सुन्न र अध्ययन गर्न नचाहेको समेत उनीहरुले तीताे पाेखे ।
यस किसिमका कार्यक्रमको आयोजना गरी साहित्यकार पारिजात र नेपाली साहित्यमा हुने संङगति तथा असंगतिको चर्चा तथा परिचर्चा प्रत्येक महिना राजधानी र देशका विभिन्न स्थानमा गरिने प्रगतिशील लेखक सङ्घ नेपालका सल्लाहकार मातृका पोखरेलले जानकारी दिए । काठमाडौंमा साहित्यकार पारिजात र समग्र नेपालीको साहित्यबारेमा गरिने त्यस्ता चर्चा परिचर्चा कार्यक्रमहरुकाे अगुवाइ डाक्टर महेश मास्केले गर्ने छन् भने राजधानीभन्दा बाहिर आयोजना गरिने कार्यक्रमको जिम्मेवारी प्रगतिशील लेखक संघका सल्लाहकार पोखरेलले लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण