सकियो धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’

काठमाडौं– हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण रहेको पहिलो फिल्म ‘सेन्टी भाइरस’को छायाँकन सकिएको छ । एक गीत बाँकी राख्दै निर्माण युनिटले फिल्मको छायाँँकन प्याकअप गरेको छ ।
करिव १ महिनाको छायाँकनमा फिल्म सकिएको कलाकार तथा निर्माता सिताराम कट्टेलले जानकारी दिए । फिल्ममा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतको मुख्य अभिनय रहेको छ ।
रुपाकोट र पोखरामा छायाँकन गरिएको फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । सामाजिक बिकृति र बिसंगति माथि व्यंग्यप्रहार गरिएको फिल्म ‘धुर्मुस सुन्तली’ को होम प्रोडक्सन सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो ।
राजनराज शिवाकोटी र कालिप्रसाद बाँस्कोटाको संगीत रहेको फिल्ममा डिन्डु लामा ह्योल्मो निर्माता र फूर्पा लामा सह निर्मातामा रहेका छन् । २ करोडको लागतमा निर्माण हुन लागेको फिल्मको २० प्रतिशत नाफा समाजसेवामा खर्च गरिने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर
-
परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला
-
परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट