सकियो धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’
काठमाडौं– हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण रहेको पहिलो फिल्म ‘सेन्टी भाइरस’को छायाँकन सकिएको छ । एक गीत बाँकी राख्दै निर्माण युनिटले फिल्मको छायाँँकन प्याकअप गरेको छ ।
करिव १ महिनाको छायाँकनमा फिल्म सकिएको कलाकार तथा निर्माता सिताराम कट्टेलले जानकारी दिए । फिल्ममा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतको मुख्य अभिनय रहेको छ ।
रुपाकोट र पोखरामा छायाँकन गरिएको फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । सामाजिक बिकृति र बिसंगति माथि व्यंग्यप्रहार गरिएको फिल्म ‘धुर्मुस सुन्तली’ को होम प्रोडक्सन सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो ।
राजनराज शिवाकोटी र कालिप्रसाद बाँस्कोटाको संगीत रहेको फिल्ममा डिन्डु लामा ह्योल्मो निर्माता र फूर्पा लामा सह निर्मातामा रहेका छन् । २ करोडको लागतमा निर्माण हुन लागेको फिल्मको २० प्रतिशत नाफा समाजसेवामा खर्च गरिने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण