उपनिर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै प्रधानमन्त्रीको प्रशन्नता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै सरकारको तर्फबाट निर्वाचन आयोगलाई पूर्ण सहयोग हुने बताएका छन् ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका सदस्यसँग आज गर्नुभएको छलफलमा प्रधानमन्त्रीले उपनिर्वाचनको तयारीप्रति प्रशन्नता व्यक्त गरेका हुन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह उपनिर्वाचनका विविध विषयमा आयोगका तर्फबाट प्रधानमन्त्रीसँग छलफल गरिको हो ।
छलफलमा आयुक्त नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल सहभागी थिए । आयोगले उपनिर्वाचनसम्बन्धी समग्र व्यवस्थापन, मतदाता नामावली, मतदाता परिचयपत्र, सुरक्षा व्यवस्थापन, निर्वाचन चिन्ह, मतदान केन्द्र, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको नियुक्ति, निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालनका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेको थियो ।
यस्तै संविधानको धारा २७१ बमोजिम दल दर्ता, उपनिर्वाचनका लागि आवश्यक ऐन, नियम कार्यविधि, निर्देशिकालगायतका सम्पूर्ण विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको आयोगले जनाएको छ । प्रधानमन्त्रीले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गर्न आयोगबाट भइरहेको तयारी सन्तोषजनक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक व्यापार व्यवसाय ऐन शंशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण