गोरखाका ब्रेन ट्युमरका बिरामी प्रेम पाठकलाई जापानबाट आर्थिक सहयोग प्रदान
गण्डकी गाँऊपालीका वडा न.८ साबिकको घ्याल्चोक गाविस निवासी होम बहादुर पाठकका छोरा प्रेम पाठकलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
कमजोर आर्थिक अवस्थाको कारण उपचार कार्यमा असहजता पैदा भएकाले उपचार कार्य सहज बनाउन ‘प्रेम पाठक बचाउ अभियान समिति’ गठन गरी गोरखा समाज जापानको रोबहरमा जापानमा बसोवास गर्दै आएका गण्डकी गाँउपालीका निवासी धुव्र अधिकारीको संयोजकत्वमा उठाइएको १४५००० (एक लाख पैंतालिस हजार) जापान मनी एक्सप्रेस मार्फत पठाइएको थियो ।
ब्रेम ट्युमरबाट ग्रसित प्रेम पाठक विर अस्पतालमा उपचारको क्रममा रहेका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर तथा आमाबुवा पनि शारीरिक रुपमा अशक्त भएकाले उनलाई आर्थिक सहयोग गरिएको गोरखा समाज जापानका अभियान संयोजक ध्रुव अधिकारीले जानकारी दिए ।
एबीसी टेलिभिजनको कार्यक्रम इन्द्रेणीमा एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरिएको हो ।
जापानमा कार्यरत धु्रब अधिकारी तत्कालीन माओवादी केन्द्रका ‘गोरखा समाज जापान’का पूर्व केन्द्रीय सदस्य हुन् । उनी विभिन्न संघ–संस्थामा आवद्ध छन् ।
संयोजक अधिकारीले अन्य रकम पनि उठ्न बाँकी रहेको र उठेपछि उनलाई हस्तान्तरण गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण