त्रिवि रजिस्टार कार्यालयमा तालाबन्दी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोपमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।
मंगलबार विभागमा तालाबन्दी गरेका उनीहरुले बुधबार त्रिवि रजिस्टार कार्यालयमा समेत तालाबन्दी गरेका हुन् ।
विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै नेविसंघको जनप्रशासन क्याम्पस एकाइ आन्दोलित बनेको हो ।
संघका इकाइ अध्यक्ष सुदीप श्रेष्ठका अनुसार वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्त गर्नुपर्ने, एउटै व्यक्ति दुई संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने मागसहित तालाबन्दी गरिएको हो ।
त्रिवि पदाधिकारी बैठकले त्रिविमा रिक्त भएका विभाग र क्याम्पसका पाँच पदमा पुरानैलाई निरन्तरता दिने नीति बनाएको थियो । तर, अन्यत्र सो सिद्धान्त अनुसार नियुक्ति भए पनि जनप्रशासनमा सो मापदण्ड मिचिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण