विप्लवलाई सरकारका प्रवक्ताको जवाफ : सरकार छद्मभेषी कुराको पछि लाग्दैन
काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लव नेतृत्वको नेकपाले वार्तामा बस्न तयार भएको विज्ञप्तिलाई छद्मभेषी कुरा भएको बताएका छन् ।
बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकार छद्मभेषी कुराको पछि नालाग्ने भन्दै संविधानले दिएको राजनीतिक अधिकार प्रयोग गरेर राजनीति गर्न सुझाव दिए ।
उनले भने, ‘जाँतो घुमाएजस्तो वार्ता भन्ने, मान्छे छोड्ने, फेरि हिंसा गर्ने ? संविधान मान राजनीति गर । सरकारको भनाइ यही हो ।’
मन्त्री बाँस्कोटाले संविधानले दिएको राजनीतिक अधिकार प्रयोग गरे वार्ताको आवश्यकता नै नपर्ने बताए ।
नेकपाले स्वेच्छिक चन्दा अभियान चलाउने घोषणाको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भने–‘स्वेच्छिक चन्दा अभियान चलाउने रे ? केका लागि चन्दा ? फेरि हिंसा निम्ल्याउनका लागि ? द्धन्द्धका लागि ? यो नेपालका लागि अहितकारी छ । हिंसा त्यागौँ शान्ति रोज्यौँ भनेर वक्तब्य निकाले भइहाल्यो नी ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण