मेस्सी २१औं शताब्दीकै नम्बर १
बिहीबार, ०७ कात्तिक २०७६, २१ : ३४
एजेन्सी – अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी २१औं शताब्दीकै नम्बर १ खेलाडीको सुचीमा गनिएका छन् । बेलायती चर्चित पत्रिका इनडिपेन्डेन्सले अध्ययन सहित सार्वजनिक गरेको शताब्दीकै शीर्ष १० को सुचीमा मेस्सी पहिलो नम्बरमा आएका हुन् । उक्त पत्रिकाले खेलाडीको प्रदर्शन, उनीहरुले हात पारेको उपलब्धि, खेलेको समय, सर्मथकको साथ लगायत विषयलाई आधार मानेर सुची तयार पारेको हो ।
मेस्सीले पोर्चुगल एवं युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डो दोस्रो स्थानमा छन् । यसैगरी तेस्रो स्थानमा जाभी हर्नान्डेज, चौथोमा रोनाल्डिन्हो, पाँचौंमा आन्द्रे इनिस्टा, छैटौंमा रोनाल्डो नाजारियो, सातौंमा थिएरी हेनरी, आठौंमा जिनेदिन जिदान, नवौंमा काका र १०औं स्थानमा फावियो कान्नाभारो रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण