ग्लोबल आईएमई र जनता बैंक मर्ज
काठमाडौं– ग्लोबल आईएमई बैक र जनता बैक नेपाल मर्जर भएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । दुवै बैंकले नेपाल राष्ट्र बैकको अन्तिम स्वीकृति पश्चात एकीकृत कारोबार सुरु गर्नेछन् ।
यी दुई बैकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैकको नाम ग्लोबल आईएमई बैक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैकका अध्यक्ष ढकालले मर्जरपछि ग्लोबल आईएमई बैंक सबैभन्दा ठुलो बैंक भएकाले निकट भविश्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताए ।
मर्जर पछिको बैकको सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना सदस्य रहने सहमति गरिएको छ । मर्जरपछि बैकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब भन्दा बढी र कुल लगानी २ खर्ब पुग्ने छ । त्यस्तै बैकको शाखा सञ्जाल ३ सय भन्दा बढी र ३ हजार २ सय बढी कर्मचारी रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण