स्मार्ट लाइसेन्स प्रिन्टको समस्या उस्तै, प्रिन्ट नै बन्द
सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट गर्ने मासप्रिन्टरले पनि काम गर्न सकेन । हाल प्रिन्टर नै बन्द भएको छ । मागअनुसारको सवारी लाइसेन्स वितरणका लागि मासप्रिन्टर ल्याए पनि सञ्चालन हुन सकेको छैन । यातायात व्यवस्था विभागले तीन महिनाअघि नै मासप्रिन्टर ल्याएको थियो तर हालसम्म सञ्चालन गर्न नसक्दा लाइसेन्स प्राप्त गर्न बाँकी संख्या छ लाख पुगेको छ ।
विभागले ग्लोबल टेन्डर गरी एक घण्टामा ४५० प्रतिकार्ड प्रिन्ट गर्नसक्ने क्षमताको मासप्रिन्टर ल्याएको हो । दुई महिनाअघि सञ्चालनका लागि सेट गरिएको प्रिन्टर अहिलेसम्म चल्न सकेको छैन । ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाइ गरिरहेको विभागले जनाएको छ । सफ्टवेयर अपलोड, एप्लिकेसन इन्स्टल र परीक्षण भन्दै ढिलाइ भइरहेको छ ।
काममा ढिलाइ भइरहेपछि मासप्रिन्टरबाट समस्याको समाधान होला भन्नेमा स्वयं विभागका अधिकारीहरू नै ढुक्क हुन सकिरहेका छैनन् । प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाइ गरिरहेपछि विभागका अधिकारीहरू पनि हैरानीमा परेका छन् । यो समाचार गोरखापत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजा युद्ध : यमनले कन्टेनर जहाजमा हान्यो मिसाइल
-
सवारी लाइसेन्स घोटाला प्रकरणमा बुटवल यातायातका अधिकृत पक्राउ
-
रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सम्झौतापत्रमा हस्ताक्षर
-
इलाममा सुहाङ नेम्वाङको अग्रता कायमै
-
इङ्ल्याण्डमा हुने फुटबलबाट सिक्नेछौँ : कप्तान लिम्बू
-
आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न आयोगको माग