दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प
एजेन्सी । दक्षिणी फिलिपिन्समा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तिमा १ जनाको मृत्यु भएको छ ।
एक हप्ता अघि मात्र सोही क्षेत्रमा भूकम्पमा जाँदा ७ जनाको मृत्यु भएको थियो ।
भूकम्पको केन्द्रविन्दु कोटाबाटो प्रान्तको तुलुनान शहरभन्दा उत्तरपूर्व रहेको बताइएको छ । फिलिपिन्स इन्सिटिच्युट अफ भोल्कालोलोजी एण्ड सिल्मोलोजीका अनुसार केन्द्रविन्दु मनिलाबाट ९७२ किलोमिटर दक्षिणतर्फ रहेको थियो ।
भूकम्पपछि सुनामीको खतरा भने नरहेको भूगर्वविद्हरुले बताएका छन् ।
भूकम्पमा परी डाभाओ डेल सुर प्रान्तका १५ वर्षीय विद्यार्थीले ज्यान गुमाएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
गत अक्टोबर १६ मा सोही क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी ७ जनाले ज्यान गुमाएका थिए भने २१५ जना घाइते भएका थिए ।
फिलिपिन्स प्यासिफिङ रिङ्ग अफ फायरमा पर्दछ । उक्त क्षेत्रमा विश्वमा जाने भूकम्पको ९० प्रतिशत भूकम्प जाने गर्दछ ।
PANOORIN: Mga empleyado ng mall na nasa ika-5 palapag sa GenSan, nagsigawan at nag-iyakan kasunod ng naramdamang intensity 5 na lindol | via @JayDayupay / Kuha ni Jaime Rogelio Espina #MindanaoQuake pic.twitter.com/QhYx2CBgqf
— ABS-CBN News (@ABSCBNNews) October 29, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण