१८ वर्षीया किशोरीमाथि बलात्कारको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ
एक १८ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
पीडित किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो ।
उनी आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिवसमेत हुन् ।
पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो भने आरोपित राईलाई भने आज बिहान ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा ‘काम छ, आउन’ भन्दै राइले बोलाएर आफूलाई बलात्कार गरेको बताएकी छिन् ।
राईले गोकर्णेश्वर–६ माकलबारीमा रहेको राईकै साथीको कोठामा लगी किशोरीलाई बलात्कार गरेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार यतिबेला आरोपितलाई पक्राउ गरी अनुसनधानको काम भइरहेको छ ।
पीडित किशोरीलाई मेडिकल जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ । अहिले घटनाको प्रारम्भिक अनुसन्धान मात्रै भएकाले यसबारेमा थप केही बताउन नसकिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण