फिलिपिन्समा शक्तिशाली भूकम्प: ६ जनाको मृत्यु, ३ सयजना घाइते (अपडेट)
मनिला- दक्षिण फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ६ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीले बताएका छन् । भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका बताइएको छ ।
भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प ६.६ म्याग्निच्युडको थियो । यसलगत्तै अरु ५.८ म्याग्नीच्यूडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए । पहिलो धक्का स्थानीय समयअनुसार विहान ९ः०४ मा तादुनान शहरको २५ किलोमिटर दक्षिणपूर्वमा सात किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो ।
भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गर्न सूचना जारी गरेको थियो । दुई साताअघि पनि फिलिपिन्समा ६।४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक