पोखराको भाइटीका महोत्सवमा विदेशी
कास्की– पश्चिमाञ्चल होटल सङ्घले यहाँ आयोजना गरेको १३औँ भाइटीका महोत्सवमा ३० पर्यटकले सहभागिता जनाएका छन् । लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए ।
नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सङ्घले वर्षेनी उक्त महोत्सव गर्दै आएकामा यसवर्ष १३ औँ संस्करणको महोत्सव गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचारा अभिवृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । नेपाली परम्परानुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटीलगायत अन्य परिकार खाने खुवाउने कार्यक्रमलाई महोत्सवमा समेटिएको थियो । संस्कृति बचाऔं, पर्यटन प्रवद्र्धन गरौं भन्ने मूलनाराका साथ आयोजित सो महोत्सवमा पर्यटकले १५ अमेरिकी डलर तिरेर सहभागिता जनाएका थिए ।
महोत्सवको निरन्तरताका कारण पछिल्ला वर्ष पर्यटक दोहो¥याएरसमेत टीका लगाउन पोखरा आउन थालेको महोत्सवका संयोजक दीपक श्रेष्ठले जानकारी दिए । सो महोत्सव पर्यटकका लागि नयाँ कार्यक्रमसमेत बन्न थालेको सङ्घका महासचिव गणेशराज पहारीले बताए ।
महोत्सवमा सहभागी जर्मन नागरिक थिलो जिम्नीले आफू यो महोत्सवमा दोस्रो पटक सहभागी भएको बताउँदै यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे । टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, काल्र्सवर्ग वियर र वटरफ्लाई फाउण्डेसन नेपालले सहयोग गरेको सो महोत्सवको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण