रौतहटमा गोली चल्यो, भारतीय नागरिक घाइते
बुधबार, १३ कात्तिक २०७६, २० : ०३
रौतहट – रौतहटको गौर नगरपालिकामा बुधबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको छ । गौर नगरपालिका–३ विद्युत प्राधिकरणको कार्यालय नजिकै अज्ञात व्यक्तिको गोली प्रहारबाट भारतीय नागरिक ४० वर्षीय विजय गुप्ता घाइते भएका हुन् ।
गुप्ताको पेटमा गोली लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ । गोली कसले र किन चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण