न्यायाधीश पाण्डेको एकल इजलासमा महराको बयान शुरु
शुक्रबार, १५ कात्तिक २०७६, १२ : २७
काठमाडौँ– बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ ।
शुक्रबार काठमाडौँको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख महराको बयान सुरु भएको हो ।
महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाडौँले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अहिले जिल्ला अदालत काठमाडौँमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान सुरु भएको छ ।
बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ । त्यसपछि मात्र महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण