शनिबारबाट प्रधानमन्त्रीले भेटघाट गर्ने
काठमाडौँ– अल्ट्रा–फिल्ट्रेसन र हेमोडायलाइसिस गरेर दुई दिने अस्पताल बसाइपछि बिहीबार बेलुका फर्केका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार दिनभर बालुवाटारमै रेस्ट (आराम)गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार चिकित्सकको सुझावअनुसार नै प्रधानमन्त्रीको शुक्रबार कुनैपनि कार्यक्रम वा भेटघाटको औपचारिक कार्यक्रम नराखिएको हो । ‘शुक्रबार आन्तरिक भेटघाटबाहेक अरु कुनै कार्यक्रम तय गरिएको छैन’ प्रधानमन्त्री ओलीका प्रेश संयोजक चेतन अधिकारीले भने,‘ सामान्य भेटघाट चाही भइरहेको छ, त्यसबाहेक अरु केही छैन ।’
उता प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले भने, प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको भन्दै शनिबारबाट आवश्यक्ताअनुसार प्रधानमन्त्रीले भेटघाट र अरु कामलाई निरन्तरता दिने जानकारी दिए ।
मेडिकलको भाषामा अल्ट्रा–फिल्ट्रेसन भनेको रगतमा भएको पानी निकाल्ने विधि र हेमोडायलाइीससबाट शरिरमा रहेको पानी र अन्य खराब तत्व निकाल्ने विधि हो । सामान्य स्वास्थ्य परीक्षणका लागि बुधबार ग्राण्डी अस्पताल लगिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्या र यथार्थबारे उनको सचिवालय र उपचारमा संलग्न चिकित्सकहरुले दुई दिनसम्म सार्वजनिक नगरेपछि यसबारे चासो बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक व्यापार व्यवसाय ऐन शंशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण