'मे खिलाडी तु अनाडी'का निर्माता चम्पक जैनको निधन
शुक्रबार, १५ कात्तिक २०७६, १६ : ०७
मुम्बई – बलिउड फिल्म निर्माता चम्पक जैनको निधन भएको छ । ब्रेन हेमरेजका कारण उनको बिहिबार साँझको निधन भएको हो । मे खिलाडी तु अनाडी, जोश, गरम मसला जस्ता हिट फिल्मका निर्माता जैनको निधनले अहिले बलिउड शोकमा डुबेको छ ।
जैन म्युजिक र फिल्म निर्माण कम्पनी वीनस र युनाइटेड ७ का मालिक हुन् । अफिसमा मिटिङ गर्दै गर्द उनको निधन भएको बलिउड मिडियाले उल्लेख गरेका छन् । ‘उनी जुहुको अफिसमा बसेर मिटिङ गर्दै थिए । अचानक ब्रेन हेमरेज अस्पताल लैजादै गर्दा उनको निधन भयो’ समाचारमा उल्लेख छ ।
जैनको निधन प्रति बलिउड सेलिब्रेटी तथा राजनीतिक दलका नेताहरुले ट्वीट मार्फत शोक ब्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण