पीएसजीलाई डिजोनको धक्का
फ्रेन्च लिग वानको महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) लाई तुलनात्मक रुपमा कमजोर टोली डिजोनको नमिठो धक्का लागेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजी डिजोनसँग २–१ गोलले पराजित भयो । पीएसजीले सुरुवाती अग्रता लिएपनि हार खेपेको थियो ।
केलियन एमबाप्पेको गोलमा पीएसजीले खेलको १९औँ मिनेटमा अग्रता लिएको थियो । एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गरेका थिए ।
पहिलो हाफको सुरुवातमा रक्षात्मक देखिएको डिजोनले इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो । मौनिर चोयरले गोलगर्दै पहिलो हाफमा खेललाई बराबरीमा ल्याए ।
डिजोनले दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गरेको थियो । ४७औं मिनेटमा जोन्डर काडिजले गोलगर्दै डिजोनलाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा डिजोन विजयी भयो ।
पीएसजीले खेलको अन्तिमसम्म डिजोनमाथि दबाव सृजना गरेपनि गोल गर्न सकेन । एमबाप्पेको लगातार प्रहारमा डिजोनको रक्षापंक्ति बाधक बनेको थियो ।
खेलको अन्तिममा लियान्द्रो पारेडेसले शसक्त प्रहार पोस्टमा लागेर बाहिरिएपछि पीएसजी हार खेप्न बाध्य बन्यो । चोटका कारण ब्राजिलियन स्टार नेइमारले खेल्न नसक्दा पीएसजीलाई दबाब थपिने क्रम सुरु भएको छ । हारेपनि पीएसजी शीर्ष स्थानमा यथावत छ । पीएसजीले १२ खेलबाट २७ अंक बनाएको छ । यसअघि पुछारमा रहेको डिजोन १२ अंक जोड्दै १८ औँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण