शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीलाई डिजोनको धक्का

शनिबार, १६ कात्तिक २०७६, ०९ : ५५
शनिबार, १६ कात्तिक २०७६

फ्रेन्च लिग वानको महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) लाई तुलनात्मक रुपमा कमजोर टोली डिजोनको नमिठो धक्का लागेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजी डिजोनसँग २–१ गोलले पराजित भयो । पीएसजीले सुरुवाती अग्रता लिएपनि हार खेपेको थियो ।

केलियन एमबाप्पेको गोलमा पीएसजीले खेलको १९औँ मिनेटमा अग्रता लिएको थियो । एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गरेका थिए ।

पहिलो हाफको सुरुवातमा रक्षात्मक देखिएको डिजोनले इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो । मौनिर चोयरले गोलगर्दै पहिलो हाफमा खेललाई बराबरीमा ल्याए ।

डिजोनले दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गरेको थियो । ४७औं मिनेटमा जोन्डर काडिजले गोलगर्दै डिजोनलाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा डिजोन विजयी भयो ।

पीएसजीले खेलको अन्तिमसम्म डिजोनमाथि दबाव सृजना गरेपनि गोल गर्न सकेन । एमबाप्पेको लगातार प्रहारमा डिजोनको रक्षापंक्ति बाधक बनेको थियो ।

खेलको अन्तिममा लियान्द्रो पारेडेसले शसक्त प्रहार पोस्टमा लागेर बाहिरिएपछि पीएसजी हार खेप्न बाध्य बन्यो । चोटका कारण ब्राजिलियन स्टार नेइमारले खेल्न नसक्दा पीएसजीलाई दबाब थपिने क्रम सुरु भएको छ । हारेपनि पीएसजी शीर्ष स्थानमा यथावत छ । पीएसजीले १२ खेलबाट २७ अंक बनाएको छ । यसअघि पुछारमा रहेको डिजोन १२ अंक जोड्दै १८ औँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप