विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने दाहालको लक्ष्य
झापा । नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर शारीरिक सुगठनका नेपाली च्याम्पियन राम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजना हुने विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन गएका छन् । उनलाई आज बिर्तामोड उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।
यही कात्तिक २१ देखि २४ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाललगायत ९० मुलुकका खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । दुबई जाने नेपाली टोलीमा दुई जना खेलाडीसहित सात जना रहनेछन् ।
दुबईमा उनले ६० केजी तौल समूहबाट प्रतिष्पर्धा गर्दै छन् । सत्तरी केजी तौल समूहबाट काठमाडौँका मरिचमान लामाले सो प्रतियोगितामा भाग लिने उनले जानकारी दिए । झापाको विर्तामोड–४ निवासी दाहालले बडी ग्यारेज नामक फिटनेस सेन्टर सञ्चालन गर्दै आएका छन् ।
सन् २०१३ मा हङ्कङमा भएको एशियन खेलकूद प्रतियोगितामा उनले शारीरिक सुगठनको ६० केजी तौल समूहमा रजतपदक जितेका थिए ।
यस्तै उनले सन् २०१५ र सन् २०१८ मा भएको साफ खेलकूदमा ६० केजी तौल समूहमा स्वर्णपदक जितेका थिए । देशभित्र आयोजना हुने गरेका अधिकांश राष्ट्रिय प्रतियोगितामा उनी पहिलो हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण