महराको पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता र बारका पूर्वअध्यक्ष
काठमाडौँ । जबरजस्ती करणी उद्योगको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् ।
जिल्ला अदालत काठमाडौँ स्रोतबाट प्राप्त जानकारी अनुसार महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिब २० जना अधिवक्ताहरुले रुची देखाएका छन् ।
आइतबार हुन लागेको थुनछेक बहसमा महराको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराल रहेका छन् ।
त्यसैगरी महराको पक्षबाट बहस गर्न अधिवक्ताहरु मनिषकुमार श्रेष्ठ, मुरारीप्रसाद सापकोटा, रामकुमार आचार्य, नरेश खड्का, चन्द्र प्रसाद गुरागाई लगायत करिब २० जनाले वकालतनामा सहित रुची देखाएका छन् । यद्यपि, वकालतनामामा पेश भएको सबै अधिवक्ताले बहस नगर्न पनि सक्छन् भने पछि वकालतनामा थप गरेर बहस गर्न पनि सकिने जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले रातोपाटीलाई बताए ।
यता वादी नेपाल सरकारको तर्फबाट ४ जनाले बहस गर्नेछन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गर्नेछन् ।
यदि प्रतिवादीको तर्फबाट धेरै वकिलहरुले बहस गरेको खण्डमा आजको बहस नसकिन पनि सक्छ । त्यसकारण प्रतिवादीको तर्फबाट पनि आजको थुनछेक बहसमा वरिष्ठ वकिलहरुले मात्रै बहस गरी आज नै थुनछेक बहस सकाउने तयारी गरिएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
