शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

टुंगियो युवा संघको एकीकरण : तत्कालीन युवासंघले ४२ स्थान पाउँदा वाईसीएलले पायो ३५ जिल्लाको नेतृत्व

आइतबार, १७ कात्तिक २०७६, १२ : ४५
आइतबार, १७ कात्तिक २०७६

काठमाडौ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण प्रकृया टुंग्याएको छ । 

युवा संघको केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले ७७ वटै जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो ।

बैठकले ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघलाई ४२ जिल्लामा अध्यक्ष लिने भएको छ । त्यस्तै, माओवादी केन्द्र निकट मानिएको साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी एकता प्रकृया टुङ्ग्याइएको छ । 


 

युवा संघ संयोजक रामप्रसाद सापकोटा दीपशिखाले सम्मानजनक ढंगले जिल्ला, महानगर र उपमहानगरपालिकाको नेतृत्व टुंगिएको र नेतृत्वमा को रहने भन्ने टुंगो वरिष्ठता र सक्रियताका आधारमा १ हप्ताभित्र लाग्ने बताएका छन् । 
यस्तो छ जिल्लागत नेतृत्वः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप