गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
शुक्रबार, ०८ साउन २०८३, १८ : १३
सारांश
- गृहमन्त्री सुधन गुरुङले आफू छड्के जाँदा गृहमन्त्री गायब भनेर समाचार आउने गरेकोमा असन्तुष्टि जनाएका छन् ।
- उनले जनताको समस्या बुझ्नको लागि आफैँ छड्के जाँच गर्न हिँड्ने गरेको बताए ।
- सीमा क्षेत्रमा देखिएको समस्या दीर्घकालीन समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङले आफू छड्के जाँदा गृहमन्त्री गायब भनेर समाचार आउने गरेकाे भन्दै असन्तुष्टि जनाएका छन् । शुक्रबार भारतीय सीमावर्तीका नेपालीको सुरक्षाबारे संसदीय समितिमा छलफलमा बोल्दै मन्त्री गुरुङले यस्ताे बताएका हुन् ।
गुरुङले भने,‘म छड्के जान्छु, सुरक्षा लिएर गइनँ, गृहमन्त्री गायब भयो भनेर आउँछ। म त मन्त्रालयमै हुन्छु ।’
उनले जनताको समस्या बुझ्नको लागि आफैँ छड्के जाँच गर्न हिँड्ने गरेको बताए। सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि आफू प्रयत्नशील रहेकाे समेत उनले बताए ।
सीमा क्षेत्रमा देखिएको समस्या दीर्घकालीन समाधान गर्नुपर्नेमा उनले जाेड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण