‘छ माया छपक्कै’ चौथो सातामा, आम्दानी कति ?
काठमाडौँ । दसैँको छेको पारेर गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनको चौथो सातामा प्रवेश गर्न सफल भएको छ ।
फिल्मले एकसाता पनि राम्रो व्यवसाय गर्न नसकिएको वर्तमान समयमा ‘छ माया छपक्कै’ ले भने प्रदर्शनको चौथो साता पार गर्न सफल भएको छ ।
‘फिल्मले अहिले पनि राम्रो दर्शक पाइरहेको छ,’ निर्माता रोहित अधिकारीले भने ‘दर्शकको माया देख्दा हामी निकै खुसी छौँ ।’
‘चौथो सातामा पनि राम्रो दर्शक पाएको फिल्मको अहिलेसम्मको आम्दानी कति ?’ भन्ने प्रश्नमा फिल्मको कमाइ १२ करोड नजिक पुगेको निर्माता अधिकारीले बताए । उनले थपे, ‘‘छ माया छपक्कै’ले १२ करोड त कमाउँछ । त्यो भन्दा अगाडि म भन्न सक्दिनँ ।’
राजनीतिक विषयलाई हाँस्यरसमा ढालेर निर्माण भएको फिल्मको विषयवस्तु समीक्षकले समेत तारिफ गरेका कारण पनि यो फिल्म राम्रो चल्न सफल भएको हो ।
मिडियामा सकारात्मक समीक्षा आएपछि हलमा दर्शक बढ्ने ‘छ माया छपक्कै’ ले आफुलाई अनुभव गराएको निर्देशक दीपेन्द्र लामाले बताए ।
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । निर्देशक लामाकै कथा रहेको फिल्म ‘आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘आईएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण