एमसीसीले नेपाललाई दियो २०२ रनको लक्ष्य
सोमबार, १८ कात्तिक २०७६, १३ : ०६
काठमाडौँ । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले एकदिवसीय क्रिकेटमा नेपाललाई जितका लागि दुई सय दुई रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर स्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय एक रन बनाएको छ ।
एमसीसीका विल रोड्सले ५४ र विलि गोडलम्यानले ५२ रन बनाए । विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११–११ रन बनाएका थिए ।
बलिङमा नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले चार चार विकेट लिए । अविनास बोहोरा र करण केसीले एक एक विकेट झारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण