‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने सरकारको तयारी
काठमाडौं– सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले उर्जामा सबैको पहुँच पुर्याउन सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सञ्चालनमा ल्याएको ‘सबैका लागि उर्जा’ अभियानलाई पनि परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।
दीगो विकास लक्ष्य हासिल गर्न पनि सो अभियानलाई परिणाममुखी बनाउनुपर्ने मन्त्री पुनको भनाई छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ भित्र करिब १२ प्रतिशत जनतामा नविकरणीय उर्जाको माध्यामबाट स्वच्छ उर्जामा पहुँच पु¥याउने लक्ष्य लिएको छ । त्यसका लागि सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको मन्त्री पुनको दावी छ ।
मन्त्री पुनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण