महरा प्रकरण: २ बजेसम्म ३ वरिष्ठ अधिवक्ताको बहस सकियो, अन्तिममा पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बहस गर्ने
काठमाडौं । जबरजस्ती करणी उद्योगको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहसमा सोमबार २ बजेसम्म ३ जना वरिष्ठ अधिवक्ताले बहस सकेका छन् । आइतबार सरकारको तर्फबाट ४ जनाले बहस गरेका थिए भने महराको पक्षबाट एक जनाले बहस सकेका थिए ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गरेका थिए ।
त्यसैगरी– आइतबार महराको तर्फबाट वरिष्ठ अधिवक्ता लवप्रसाद मैनालीले बहस गरेका थिए । समय अभावका कारण आइतबारको थुनछेक बहस सकिएको थियो भने सोमबार बिहान ११ बजेबाट पुन ः बहस सुरु भएको थियो ।
सोमबार अपरान्ह २ बजेसम्ममा वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद सापकोटा र सबिता भण्डारी बरालले बहस गरिसकेका छन् । २ बजेदेखि आधा घण्टाको लागि खाजा खाने समय राखिएको छ । त्यसपछि अन्तिममा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बहस गर्नेछन् ।
बहस सकिएपछि आजै थुनछेकको आदेश सुनाउने तयारी गरिएको छ । सोमबार अबेलासम्म भएपनि महरालाई थुनामै पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने सम्बन्धमा आदेश आउने जिल्ला अदालत स्रोतले रातोपाटीलाई बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण