सांग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाद्वारा रक्तदान
धादिङ– सांग्रिला डेभलपमेन्ट बैकको आफनो १५ औं वार्षिकउत्सवको अवसरमा धादिङस्थित गल्छी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शाखा कार्यालय गल्छीले जिल्ला रेडक्रस सोसाइटी धादिङको प्राविधीक सहयोगमा बृहत रक्तदान जीवनदान कार्यक्रम यही कार्तिक १७ गते बिहान १० बजे देखि दिउँसो ४ः३० सम्म सच्चालन गरिएको थियो ।
कार्यक्रममा गल्छी गा.पा.अध्यक्ष कृष्ण हरि श्रेष्ठले गल्छी चोकमा धेरै बैंकको शाखा आएका तर सांग्रिला बैकको शाखा आएको १ वर्ष नपुग्दै धेरै किसिमका कार्यक्रमहरु दिएर स्थानिय जनताहरुको मन मनमा बस्न सफल भएको बताए ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख गौरब काफलेले देशमा हाल रगतको चरम अभाव भएकाले आफनो शरिरबाट खेर जाने रगतबाट कसैको जीवन बचाउन सकिने भएकाले यस्तो पवित्र काम सवैले गर्नुपर्ने बताए ।
बैंकले ‘रक्तदान महादान’ भन्ने मुल नाराका साथ रक्त संकलन कार्यमा अहम भूमिका खेल्दै आइरहेको बैंकले बताएको छ । बैंकले सामाजिक उतरदायित्व अन्र्तगत रहेर गल्छी शाखालगायत ८७ ओटै शाखा कार्यालयबाट यस्ता किसिमका सामाजिक उतरदायित्वको कार्य गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण