शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अफताब आलमविरुद्ध जन्मकैदको मुद्दा दर्ता

सोमबार, १८ कात्तिक २०७६, १५ : ४८
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ– काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । 

जिल्ला अदालत रौतहटले सोमबार जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको हो । आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । समयअभावका कारण थुनछेक बहस भने सोमबार नभई मंगलबारबाट मात्रै हुने भएको छ । 
१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । सोमबारै आलमलाई जिल्ला अदालत लगिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप