हराएको हिराको औंठी १३ वर्षपछि गाजरमा भेटियो
बीबीसी
आशा मारिसकेको कुनै हराएको वस्तु भेटिँदा कस्तो महसुस होला ? यो प्रश्नको जवाफ मेरी ग्राम्सले निकै राम्रो तरिकाले दिन सक्छिन् ।
१३ वर्ष पहिले मेरी ग्राम्सले क्यानडाको अल्बर्टामा आफ्नो बगैंचामा हिराको एक औंठी हराएकी थिइन् । यो सन् २००४ को कुरा हो । अब मेरीको उमेर ८४ वर्ष भइसकेको छ ।
यतिधेरै समय बितिसकेपछि उक्त औंठी भेटिएला भन्ने उनले आश गरेकी नै थिइनन् जुन स्वभाविक पनि हो तर पछिल्लो दिन उनले उक्त औंठी आफ्नो बगैंचामा एक गाजरसँग भेटिन् ।
सायद भाग्य यसलाई नै भनिन्छ होला । मेरीले औंठी हराएको कुरा यतिका वर्षसम्म कसैलाई पनि भनेकी थिइनन् ।
गाली खाने डरले उनले उक्त कुरा श्रीमानलाई समेत बताएका थिएनन् तर उनको छोरालाई भने यसबारे थाहा थियो ।
गत सोमबार मेरीकी बुहारीले जब आफ्नो बगैंचाबाट गाजर उखेलिन् तब उक्त घटनाको पर्दाफास भएको हो । वर्षौंसम्म माटोमुनी रहेको औंठी उनकी बुहारीले गाजरमा फसेको भेटिन् ।
मेरीले औंठी हराएको कुरा लुकाउनका लागि बजारबाट एउटा सस्तो औंठी किनेर लगाएकी थिइन् जुन उक्त औंठीजस्तै देखिन्थ्यो ।
हराएको औंठी भेटिएको यो पहिलो घटना भने होइन । सन् २०११ मा स्विडेनमा पनि यस्तै घटना सार्वजनिक भएको थियो जब एक महिलाले १६ वर्षपछि हराएको विवाहको औंठी भेटेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण