आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

यस्ता छन् प्रदेश नम्बर ५ कोे मन्त्रिपरिषद् बैठकका निर्णय

मङ्गलबार, १९ कात्तिक २०७६, १५ : ००
मङ्गलबार, १९ कात्तिक २०७६

बुटवल । प्रदेश नम्बर ५ सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । 

सोमबार साँझ बसेको बैठकले गरेको निर्णय मंगलबार बुटवलमा पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको हो । 

बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गतको डिभिजन कार्यालय स्थापना गर्नेदेखि प्रदेश सूचना तथा  सञ्चार प्राविधि प्रतिष्ठानको कार्यकारी नियुक्त गर्नेसम्मका निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । 
बैठकले सञ्चार प्रतिष्ठानमा अनुप बाँस्कोटालाई नियुक्त गरेको छ । यस्तै प्रदेशमा ६ वटा सामाजिक विकास डिभिजन कार्यालय स्थापना गरी सञ्चालन गर्ने सरकारको निर्णय छ । 
यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरपूर्वका सटरहरु भत्काउन पनि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ ।

यस्तै उद्योग बन तथा पर्यटन मन्त्रलायले दर्ता गर्ने प्राईभेट फर्म नियावली २०७६ लाई पनि बैठकले स्वीकृत दिएको छ । जसमा फर्म दर्ता गर्दा महिला, दलित, अपाङ्गलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप