कास्की–२ उपनिर्वाचन : नेकपाले सुरु गर्यो चुनावी प्रचार अभियान, यस्तो छ चुनावी निर्णय
पोखरा । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि नेकपाले कास्कीमा चुनावी प्रचारप्रसार सुरु गरेको छ ।
नेकपा कास्कीको पाँचौ बैठकले तय गरेको चुनावी रणनीति समेत मंगलबार सार्वजनिक गरिएको छ ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको लागि कास्की–२ मा उपनिर्वाचन हुँदैछ । नेकपाले रवीन्द्रको उत्तराधिकारीको रुपमा उनकी धर्मपत्नी विद्या भट्टराईलाई कास्की २ मा उमेदवार बनाएको छ ।
पार्टीको चुनावी अभियान सार्वजनिक गर्दै नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै भट्टराईलाई उम्मेदवारको रुपमा उठाएको दाबी गरे ।
विशेष परिस्थितिका कारण हुन लागेको चुनावमा पार्टीका सम्पूर्ण नेता तथा कार्यकताहरु वडा, वडा, टोल, टोलमा पुगेर चुनावी प्रचार गर्ने उनले सुनाए ।
चुनावी प्रचारको लागि नेकपाका प्रदेश सहइन्चार्ज खगराज अधिकारीको नेतृत्वमा हाइकमाण्ड बनेकाे थापाले जानकारी दिए । अधिकारी नेतृत्वको टोलीले चुनावी प्रचारको लागि केन्द्रदेखि जिल्लासम्म जोड्ने काम गर्ने उनले सुनाए ।
मनोनयन दर्ता गर्दा स्वतस्फूर्त रुपमा १० हजार बढी जनता उतार्ने उद्देश्य रहेको उनले दाबी गरे ।
नेकपा कास्कीको चौथो पूर्ण बैठकले भट्टराइलाई उमेदवार बनाउने निर्णय सिफारिस गरेको उल्लेख गर्दै उनले विद्यालाई चुनाव जिताउन पार्टी एकढिक्का भएर अघि बढ्ने बताए ।
नेकपा जनता र देशप्रति सदैव उत्तरदायि भएको बताउँदै अध्यक्ष थापाले यो निर्वाचनमा अघिल्लो चुनावको तुलनामा ५ हजार बढी मतान्तरले चुनाव जित्ने समेत दाबी गरेका छन् । साथै, नेकपाले निर्वाचन आयोगले तोकेको खर्चभित्र चुनाव सक्ने र चुनाव सकिएको १० दिनभित्रमा आम्दानी खर्चको विवरण पनि सार्वजनिक गर्ने बताएका छन् ।
कास्की–२ उपनिर्वाचनको लागि साझा पार्टीले रजनी केसी, समाजवादी पार्टीले धनराज गुरुङ, विवेकशील दलले जमुना शर्मा राप्रपाले रोमबहादुर भण्डारीलाई उमेदवारको रुपमा उठाउने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण