सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की–२ उपनिर्वाचन : नेकपाले सुरु गर्यो चुनावी प्रचार अभियान, यस्तो छ चुनावी निर्णय

मङ्गलबार, १९ कात्तिक २०७६, १७ : ४५
मङ्गलबार, १९ कात्तिक २०७६

पोखरा । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि नेकपाले कास्कीमा चुनावी प्रचारप्रसार सुरु गरेको छ ।

 नेकपा कास्कीको पाँचौ बैठकले तय गरेको चुनावी रणनीति समेत मंगलबार सार्वजनिक गरिएको छ । 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको लागि कास्की–२ मा उपनिर्वाचन हुँदैछ । नेकपाले रवीन्द्रको उत्तराधिकारीको रुपमा उनकी धर्मपत्नी विद्या भट्टराईलाई कास्की २ मा उमेदवार बनाएको छ । 

पार्टीको चुनावी अभियान सार्वजनिक गर्दै नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै भट्टराईलाई उम्मेदवारको रुपमा उठाएको दाबी गरे । 

विशेष परिस्थितिका कारण हुन लागेको चुनावमा पार्टीका सम्पूर्ण नेता तथा कार्यकताहरु वडा, वडा, टोल, टोलमा पुगेर चुनावी प्रचार गर्ने उनले सुनाए । 

चुनावी प्रचारको लागि नेकपाका प्रदेश सहइन्चार्ज खगराज अधिकारीको नेतृत्वमा हाइकमाण्ड बनेकाे थापाले जानकारी दिए । अधिकारी नेतृत्वको टोलीले चुनावी प्रचारको लागि केन्द्रदेखि जिल्लासम्म जोड्ने काम गर्ने उनले सुनाए । 

मनोनयन दर्ता गर्दा स्वतस्फूर्त रुपमा १० हजार बढी जनता उतार्ने उद्देश्य रहेको उनले दाबी गरे । 

नेकपा कास्कीको चौथो पूर्ण बैठकले भट्टराइलाई उमेदवार बनाउने निर्णय सिफारिस गरेको उल्लेख गर्दै उनले विद्यालाई चुनाव जिताउन पार्टी एकढिक्का भएर अघि बढ्ने बताए । 

नेकपा जनता र देशप्रति सदैव उत्तरदायि भएको बताउँदै अध्यक्ष थापाले यो निर्वाचनमा अघिल्लो चुनावको तुलनामा ५ हजार बढी मतान्तरले चुनाव जित्ने समेत दाबी गरेका छन् । साथै, नेकपाले निर्वाचन आयोगले तोकेको खर्चभित्र चुनाव सक्ने र चुनाव सकिएको १० दिनभित्रमा आम्दानी खर्चको विवरण पनि सार्वजनिक गर्ने बताएका छन् । 

कास्की–२ उपनिर्वाचनको लागि साझा पार्टीले रजनी केसी, समाजवादी पार्टीले धनराज गुरुङ, विवेकशील दलले जमुना शर्मा राप्रपाले रोमबहादुर भण्डारीलाई उमेदवारको रुपमा उठाउने निर्णय गरिसकेको छ ।  प्रमुख प्रतिपक्ष कांग्रेसले भने  अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप