मनोनयनपत्र दर्ताको दुई दिन अघि पनि काँग्रेसले उम्मेदवार टुंगो लगाउन सकेन
काठमाडौँ । उम्मेदवारी मनोनयनपत्र दर्ता गराउने समय दुई दिन बाँकी रहँदा समेत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस उम्मेदवारको टुंगो लगाउन असफल बनेको छ ।
एक प्रतिनिधिसभा र तीन प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवार चयनका लागि काँग्रेसमा पटक पटक छलफल हु्ँदै आएपनि विवादका कारण उम्मेदवार टुंगो लाग्न नसकेको हो ।
सहमतिको प्रयासस्वरुप मंगलबार बसेको काँग्रेस पदाधिकारी बैठकपनि उम्मेदवार चयन गर्न असफल बनेको छ ।
देउवा निवास बूढानीलकण्ठमा १० घण्टा चलेको बैठक विना निष्कर्ष टुंगिएको हो । बुधबार फेरि बैठक बसेर उम्मेदवारको टुंगो लगाइने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
अरु दल उम्मेदवारको टुंगो लगाएर चुनावी अभियानमा होमिइसकेपनि काँग्रेस भने आपसी विवादमै रुमल्लिएको हो ।
निर्वाचन आयोगले मंसिर १४ को लागि उपनिर्वाचनको मिति तोकेको छ भने बिहीबार मनोनयनपत्र दर्ता गराउन कार्यतालिका तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण