महाराष्ट्र सरकार गठनमा गतिरोध : भाजपाले पैसाको खेल सुरु गरेको शिवसेनाको आरोप
एजेन्सी । शिव सेनाले भाजपामाथि पैसाको खेल सुरु गरेको आरोप लगाएको छ । महाराष्ट्रमा सरकार गठनसम्बन्धमा दुई मित्रशक्तिबीच मतभेद आएका कारण सरकार गठनमा ढिलाइ भइरहेको बेला शिवसेनाले यस्तो आरोप लगाएको हो ।
शिव–सेनाका प्रमुख उदव ठाकरेले भाजपाले आफ्ना विधायकलाई किन्न खोजेको आरोप लगाएका हुन् ।
अघिल्लो अक्टोबर २४ मा विधानसभाको निर्वाचन परिणाम आएदेखि दशकौंका सहयात्री भजपा र शिव सेनाबीचमा विवाद देखिएको छ ।
भर्खरै भएको विधान–सभा निर्वाचनमा भाजपा सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । उसले १०५ सिट हासिल गरेको छ । त्यस्तै दोस्रो ठूलो पार्टी बनेको शिव सेनाले ५६ सिट जितेको छ ।
शिव सेनाले आगामी समय मुख्य–मन्त्री पद भाजपा र आफ्नो पार्टीबीच आधा आधा समय बाडफाड गर्नुपर्ने माग गरेको छ । उता भाजपाले भने शिवसेनालाई महत्वपूर्ण मन्त्रालय दिन तयार भए पनि मुख्य मन्त्री पद नबाँड्ने बताएको छ ।
गतिरोध लम्बिदैं जाँदा शिव सेनाका नेताले भाजपालाई पैसाको शक्ति प्रयोग गरेको आरोप लगाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण