नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र
मोरङ । मोरङको बेलबारीमा पहिलो पटक हुन लागेको नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिराटनगर स्थित नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मंसिर ६ देखि ८ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको हो ।
प्रतियोगिताका लागि खेलाडी आमन्त्रण, खेल स्थल सजावट, स्वागतद्वार निर्माण, प्रचारप्रशार लगायतको काम तीव्र रुपमा भईरहेको बेलबारी नगर सितोरियो कराते संघका सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले जानकारी दिईन् । प्रतियोगिता सफल पार्न संघका उपाध्यक्ष सुवास कार्कीको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै मञ्च व्यवस्थापन, अतिथि सत्कार, आवास व्यवस्थापन, लेखा, प्राविधिक, प्रचारप्रशार र स्वयंसेवक व्यवस्थापन समिति निर्माण गरेर प्रतियोगिताको तयारी भईरहेको छ ।
मोरङ जिल्लामै पहिलो पटक हुँन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालसहित ८ देशका करिव ६ सय खेलाडी सहभागि हुँने आयोजक बेलबारी नगर सितोरियो कराते संघका अध्यक्ष सञ्जय सुवेदीले जानकारी दिए । प्रतियोगिताको उपाधिका लागि नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, मलेसिया र इराकका खेलाडीवीच ८५ स्वर्ण, ८५ रजत र १७० कास्य पदकका लागि प्रतिस्पर्धा हुँनेछ । बिजेताले १ लाख, उप–बिजेताले ७५ हजार र तृृतियले ५० हजार नगद पुरस्कार पाउँने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण