नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी
भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् ।
भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविश कुमारले सो कुरा बताएका हुन् ।
पत्रकारले भारतले गत शनिवार सार्वजनिक गरेको नयाँ नक्सा र सो सम्बन्धमा उठेका विषय र नेपाल सरकारले आधिकारिक विज्ञप्तिका विषयमा सोधेको प्रश्नको जफामा प्रवक्त रविश कुमारले सो नक्सामा भारतको सार्वभौम भूभाग मात्र समावेश गरिएको स्पष्ट पारे ।
उनले नेपाल भारत सीमासम्बन्ध काम गर्न एक संयन्त्र रहेको र त्यसले काम गरीरहेको बताए । उनले भारत र नेपालले सीमासम्बन्धी विषयलाई द्वीपक्षीय मैत्रीपूर्ण छलफलबाट हल गरिने स्पष्ट गरे । साथै सीमा सम्बन्धी विषयलाई कुनै ‘भेस्टेड इन्ट्रेस्ट’ बाट उठाइएको हुन सक्ने तर्फ सचेत रहनु पर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण