रोहितले जिताए भारतलाई
कप्तान रोहित शर्माले सानदार ब्याटिङ गरेपछि बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा भारत आठ विकेटले वियी भएको छ । यस जितसँगै तीन खेलको टी–२० सिरिजमा भारतले १–१ को बराबरी गरेको छ । बिहिबार राति भएको खेलमा एक सय ५४ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
भारतको जितमा ओपनर एवं कप्तान रोहित शर्माले ८५ रन बनाए । रोहितले ४३ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । शिखर धवनले ३१, श्रेयस ऐरले अविजित २४ र केएल राहुलले आठ रन बनाए । बंगलादेशका अमीनुल स्लामले २ विकेट लिए ।
यसअघि राजकोटमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारि २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५३ रन बनाएको थियो । बंगलादेशका लागि मोहम्मद नइमलले ३६ रन बनाए । सौम्य सरकार र कप्तान महमुदुल्लाहले समान ३० र लिटन दासले २९ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चाहलले दुई विकेट लिए । खलिल अहमद, दीपक चाहर र वासिन्टन सुन्दरले एक एक विकेट लिए । यसअघि पहिलो खेलमा बंगलादेशले भारतलाई सात विकेटले हराएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण