रोहितले जिताए भारतलाई
कप्तान रोहित शर्माले सानदार ब्याटिङ गरेपछि बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा भारत आठ विकेटले वियी भएको छ । यस जितसँगै तीन खेलको टी–२० सिरिजमा भारतले १–१ को बराबरी गरेको छ । बिहिबार राति भएको खेलमा एक सय ५४ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
भारतको जितमा ओपनर एवं कप्तान रोहित शर्माले ८५ रन बनाए । रोहितले ४३ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । शिखर धवनले ३१, श्रेयस ऐरले अविजित २४ र केएल राहुलले आठ रन बनाए । बंगलादेशका अमीनुल स्लामले २ विकेट लिए ।
यसअघि राजकोटमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारि २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५३ रन बनाएको थियो । बंगलादेशका लागि मोहम्मद नइमलले ३६ रन बनाए । सौम्य सरकार र कप्तान महमुदुल्लाहले समान ३० र लिटन दासले २९ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चाहलले दुई विकेट लिए । खलिल अहमद, दीपक चाहर र वासिन्टन सुन्दरले एक एक विकेट लिए । यसअघि पहिलो खेलमा बंगलादेशले भारतलाई सात विकेटले हराएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन