समृद्धिका लागि सरकार प्रतिबद्ध : प्रवक्ता श्रेष्ठ
शनिबार, २३ कात्तिक २०७६, २० : ०२
ताप्लेजुङ - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायसहितको समृद्धिलाई गुणात्मक रुपले वृद्धि गर्न नेकपाको सरकार लागिपरेको बताएका छन् । नयाँ संविधानको कार्यान्वयनसँगै वर्तमान राज्य व्यवस्थालाई सुदृढ तुल्याउन सरकार गम्भीर बनेको उनले बताए ।
नेपाल प्रेस सङ्गठन,ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको मुद्दामा वर्तमान सरकार दृढतापूर्वक अघि बढेको दाबी गरे । यस्तै पश्चिमी सीमा मिचिएको सन्दर्भमा सरकारले पहिलेदेखि नै अडान राख्दै आएको र सीमा मिच्न नदिने उनको भनाइ छ । मित्र राष्ट्रहरुसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै सहयोग जुटाउने कार्यमा वर्तमान सरकार लागिपरेको उनको भनाइ थियो ।
नेता श्रेष्ठ जिल्लास्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन ताप्लेजुङ आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण