सर्वपक्षीय बैठकमा प्रधानमन्त्री ओलीले भने- भारतको व्यवहारमा परिवर्तन आएको छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभागको हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज कालापानी क्षेत्रको सीमा विवादको विषयमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा सो कुरा बताएका हुन् ।
बैठकमा सहभागी दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री ,पूर्व परराष्ट मन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानका लागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाएका छन् ।
‘सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक रुपमा सीमाका समस्या समाधान गर्न अग्रसर रहेको छ ’ प्रधानमन्त्री ओलीले भने,“सिमाका विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले भने, ‘भारतको व्यवहारमा परिवर्तन आएको छ । हिजो सीमानामा बाटो र बाँध बन्थे आज खोल्ने क्रम छ । त्यसैले समस्या समाधान हुनेमा म आशावादी छु । ’
‘हामी समग्र दक्षिण एसियामा समृद्धि,विकास र रुपान्तरण देख्न चाहन्छौं । त्यसैले यस क्षेत्रका मुलुकहरुले यस्ता विवादहरुमा अल्झिनु हँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरुसहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रा लागि मात्र हैन भारतका लागि पनि आवश्यक छ । ’
प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैली लागू नहुने बताए । ‘हिजोका भाषा र शैली स्वीकार्य छैनन् र आज सहनुपर्ने आवश्यकता पनि छैन ’ प्रधानमन्त्री ओलीले भने, ’ अब समग्र पक्षको छलफल गरिन्छ । यस विषयमा सरकार संवदेनशील छ । ’
प्रधानमन्त्री ओलीले हालको सीमा विवादको बिषयमा कसैलाई उत्ताउला अभिव्यक्ति नदिन पनि निर्देशन दिए । ‘उत्ताउला अभिव्यक्तिले वातावरण बिगार्दछ ’ प्रधानमन्त्री ओलीले भने, ‘भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य, तथ्याँक राखेर सम्झाउने र आफ्नो भूभाग फिर्ता लिन्छौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक व्यापार व्यवसाय ऐन शंशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण