इन्टर शीर्ष स्थानमा
इन्टर मिलान इटालियन सिरि ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा इन्टरले हेलास भेरोनालाई २–१ गोलले हरायो ।
इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । इन्टरको जितमा माटियस भेसिनो र निकोलो बरेल्लाले गोल गरेका थिए । भेरोनाका भेरेरियो भेर्रेले गोल गरे । खेलमा सुरुवाती अग्रता भेरोनाले लिएको थियो । १९औं मिनेटमा भेरेरियोले गोलगर्दै घरेलु टोली इन्टरलाई निरास बनाएका थिए । दोस्रो हाफमा खेलमा फर्किएको इन्टरले ६५औं मिनेटमा बराबरी गोल फर्कायो । इन्टरका माटियसले गोलगर्दै घरेलु दर्शकको मन जिते । त्यसपछि ८३औैं मिनेटमा निकोलोले गोलगर्दै इन्टरको जित पक्का बनाएका थिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको इन्टरले १२ खेलबाट ३१ अंक बनाएको छ । १५ अंक बनाएको भेरोना नवौं स्थानमा छ । साविक विजेता युभेन्ट्स दोस्रो स्थानमा छ । एक खेल कम खेलेको युभेन्ट्सको २९ अंक छ । शनिबार रातिनै भएको अर्को खेलमा नापोलीले जेनोआसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । टोरिनोले ब्रेसियालाई उसैको मैदानमा ४–० गोलले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण