सीतापाइलास्थित एक घरबाट पाँच लाखभन्दा बढीको धनमाल चोरी
आइतबार, २४ कात्तिक २०७६, १० : ११
काठमाडौं । काठमाडौं उपत्यकाभित्र चोरीका घटना बढ्न थालेका छन् । दैनिकजसो राजधानीमा चोरहरुले मौका छोपेर चोरी गर्दै आएका छन् ।
यसैक्रममा शनिबार राति नागार्जुन नगरपालिका–४, सीतापाइलाथिस्त एक घरमा पाँच लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुका डीएसपी लालध्वज सुवेदीका अनुसार नागार्जुन–४ स्थित कुमारी मन्दिर नजिकै गोविन्द केसीको घरमा चोरी भएको हो ।
राति १ बजेतिर चोरले दुईवटा आइफोन, एउटा ल्यापटप लगायतको सामान चोरी गरेको डीएसपी सुवेदीले जानकारी दिए ।
आइतबार बिहान प्रहरीले चोरी भएको घरमा पुगेर अनुसन्धान थालेको छ । चोरहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्रले इजलासमा भने– राज्यले मेरो निधारमा तेस्रो कालो टीका लगाइदियो
-
लेखा समितिको निर्देशनका कारण आईपीओ रोकिएका यी हुन् १२ कम्पनी (सूचीसहित)
-
भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति नेपालको गहिरो चिन्ता
-
सरकारसँग बहुमत भएकाले ऐन कानून बनाउने उपयुक्त समय : एनपी साउँद
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
युद्धमा गोली मात्रै चल्दैन, सूचना युद्ध पनि चल्छ