सीतापाइलास्थित एक घरबाट पाँच लाखभन्दा बढीको धनमाल चोरी
आइतबार, २४ कात्तिक २०७६, १० : ११
काठमाडौं । काठमाडौं उपत्यकाभित्र चोरीका घटना बढ्न थालेका छन् । दैनिकजसो राजधानीमा चोरहरुले मौका छोपेर चोरी गर्दै आएका छन् ।
यसैक्रममा शनिबार राति नागार्जुन नगरपालिका–४, सीतापाइलाथिस्त एक घरमा पाँच लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुका डीएसपी लालध्वज सुवेदीका अनुसार नागार्जुन–४ स्थित कुमारी मन्दिर नजिकै गोविन्द केसीको घरमा चोरी भएको हो ।
राति १ बजेतिर चोरले दुईवटा आइफोन, एउटा ल्यापटप लगायतको सामान चोरी गरेको डीएसपी सुवेदीले जानकारी दिए ।
आइतबार बिहान प्रहरीले चोरी भएको घरमा पुगेर अनुसन्धान थालेको छ । चोरहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण