एनप्याब्सन आबद्ध विद्यालय सामाजिक सुरक्षा योजनामा सहभागी हुँदै
काठमाडौं- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) मा आबद्ध विद्यालय सामाजिक सुरक्षा योजनामा सहभागी हुने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलमा एनप्याब्सनका पदाधिकारीले सबै विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराइने प्रतिबद्धता व्यक्त गरे ।
एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सामाजिक सुरक्षा योजना समग्र श्रमिकको हितमा आएको उल्लेख गर्दै यस राष्ट्रिय अभियानलाई पूर्ण समर्थन र सहयोग गर्ने बताए । उनले भने, “विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सामाजिक सुरक्षाका विषयमा हामी संवेदनशील छौँ । कोषमा सहभागी हुन तयार छौँ ।”
सो अवसरमा श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनामा सहभागिता अनिवार्य विषय भएको उल्लेख गर्दै तोकिएको समयभित्रै सम्पूर्ण विद्यालयका शिक्षक तथा कर्मचारीलाई सूचीकरण गराउन आग्रह गरेका थिए । उनले सामाजिक सुरक्षा योजना कार्यान्वयनका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका सुझावलाई सम्बोधन गर्दै कार्यक्रमलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउँदै लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण