बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू

बुधबार, ३१ असार २०८३, १९ : ५६
बुधबार, ३१ असार २०८३

काठमाडौँ । साउन महिना नजिकिँदै जाँदा काठमाडौँको इन्द्रचोकस्थित पोते तथा चुरा पसलहरूमा किनमेल गर्नेहरूको चहलपहल बढ्न थालेको छ। विशेष गरी महिलाहरू हरियो, रातो र पहेँलो चुरा तथा पोते खरिद गर्न पसलहरूमा पुगिरहेका छन्।

हिन्दु परम्पराअनुसार साउन महिनालाई धार्मिक आस्था र सौभाग्यको महिनाका रूपमा लिइन्छ। साउन १ गते लुतो फाल्ने परम्परासँगै यो महिनामा सरसफाइ, नुहाइधुवाइ र भगवान् शिवको पूजा–आराधनालाई विशेष महत्त्व दिइन्छ।

धार्मिक मान्यताअनुसार माता पार्वतीले भगवान् शिवलाई प्रसन्न पार्न हरियो, रातो र पहेँलो चुरा तथा पोते धारण गरेपछि सौभाग्य प्राप्त गरेको विश्वास गरिन्छ। यही विश्वासका आधारमा विवाहित महिलाले पतिको दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना गर्दै यी रङका चुरा लगाउने गर्छन्। 

अविवाहित युवतीहरूले पनि योग्य जीवनसाथी प्राप्तिको कामनासहित हरियो र पहेँलो चुरा लगाउने चलन छ। हरियोले प्रकृतिसँगको सम्बन्ध, रातोले सौभाग्य र पहेँलोले आस्था तथा त्यागको प्रतीक मानिने भएकाले साउनभर महिलाहरूले यिनै रङका वस्त्र र गरगहना धारण गर्ने परम्परा रहिआएको छ। 

धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण मानिने साउनको स्वागतसँगै इन्द्रचोकका बजारहरू अहिले हरिया चुरा र पोतेले सजिएका छन्।

01-IMG_558902-IMG_559003-IMG_559404-IMG_560105-IMG_560506-IMG_560607-IMG_005608-IMG_005709-IMG_561010-IMG_561311-IMG_562412-IMG_563413-IMG_564114-IMG_006415-IMG_0070

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप