कास्की २ उपनिर्वाचन: नेकपाको घरदैलो (हेर्नुहोस् तस्बिरसहित)
पोखरा । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि नेकपा कास्कीले घरदैलो कार्यक्रम सुरु गरेको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको कास्की २ मा प्रतिनिधी सभा सदस्याको लागि उपनिर्वाचन हुन लागेको हो ।
सत्तारुढ नेकपाले कास्की २ मा स्व.अधिकारको ठाउँमा उनकी पत्नी विद्या भट्टराईलाई नै अघि सारेको छ । प्रमुख प्रतिपक्ष काँग्रेस र सत्तारुढ नेकपासहित २५ जनाले कास्की २ मा उम्मेद्वारी दर्ता गराएकोमा ३ जनाको गएको निर्वाचनमा समानुपातिकको बन्द सूचिमा नाम समावेश भएकाले नाम बदर भएको थियो । बाँकी २२ जनाको उम्मेद्वारी रहेकोमा ११ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए । ११ जना स्वतन्त्रमध्ये स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका पुरुषोत्तम खनालले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।
कास्की २ मा रहेका ११ वडामध्ये वडा नम्बर ४ बाट नेकपाले आफ्नो घरदैलो कार्यक्रम सुरु गरेको छ । ४ नम्बर वडाबासिसँग भोट माग्दै विद्याले स्व.रवीन्द्र अधिकारीले अधुरा सपना पुरा गर्न आएको बताएकी छिन् ।
यस्ता छन् विद्याका चुनावी एजेन्डा
१. रवीन्द्रको अपुरा एजेन्डा पुरा गर्न
२. राजनीतिक स्थायित्व आर्थिक विकास र समृद्धि
३. सामाजिक न्याय सहितको समाजवादी लोकतन्त्र स्थापना
४. स्वाधिन र आत्मनिर्भर मुलुक निर्माण
५. केरुङ, पोखरा, लुम्बिनी रेलमार्ग निर्माण
६. ५ वर्षका लागि जनताले दिएको अभिमतको निरन्तरता
७. सुकुम्बासी बस्ती व्यवस्थित गरी सेता लालपुर्जा पाएका सुकुम्बासीलाई एक वर्षभित्र रातो लालपुर्जा वितरण गर्ने
८. अन्तर्राष्ट्रिय पोखरा विमानस्थल पुरा
९. प्राविधिक शिक्षा उद्यमशील जनशक्तिका लागि युवा परिचालन
१०. लैंगिक समानताका नीति थप गर्ने लागू गर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण