कन्सर्टमा ढिला गरेको भन्दै रिसाएका फ्यानले गायिका मडोनाविरुद्ध दर्ता गरे मुद्दा
अन्तर्राष्ट्रिय स्टार मडोनविरुद्ध एक रिसाएका प्रशंसकले कन्सर्टमा ढिला गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । ती व्यक्तिले आर्थिक भरपाइको माग पनि गरेका छन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने मडोनाको म्याडम एक्स टुरको क्रममा कन्सर्टका बेला निकै अबेर पुग्ने बानीका कारण प्रशंसकमा विशेष निराशा छ ।
फ्लोरिडामा बस्ने नेट हलेन्डरले १७ डिसेम्बरमा मियामीको फिलमोर बीचमा हुने कन्सर्टको समय परिवर्तन भएपछि मुद्दा दर्ता गराएका छन् । नेटद्वारा दर्ता गरिएको मुद्दा अनुसार उक्त कन्सर्ट साढे ८ बजे हुने निश्चित थियो तर २३ अक्टोबरमा कार्यक्रमको समय साढे १० बजे हुने भनेर परिमार्जन गरियो । दर्ता गरिएको मुद्दा अनुसार उनी नयाँ समयमा कन्सर्ट हेर्न जान चाहँदैनन् जसका कारण उनले पैसा फिर्ता मागिरहेका छन् तर कार्यक्रम आयोजकले उनलाई पैसा फिर्ता दिइरहेका छैनन् ।
यतमात्रै होइन उनले मुद्दा दर्ता गर्दै मियामीको कार्यक्रममा ढिलाइ भएको यो पहिलो घटना नभएको पनि बताएका छन् । ६१ वर्षीया गायिका ढिलो गरी आउने उनको बानी पुरानो हो, उनले बताएका छन् ।
नेटका अनुसार उनले करिब एक हजार २४ डलर अर्थात् एक लाख १७ हजार रुपैयाँ खर्च गरेर तीनवटा टिकट खरिद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण