अमेरिकी एनजीओका प्रतिनिधिसँग सांसदहरुको ‘रुवाबासी’ !
काठमाडौँ । अमेरिकी एनजीओका प्रतिनिधिसँग नेपालका सांसदहरुले आफूहरु खर्च गर्न सक्ने अवस्थामा नरहेको भन्दै रुवावासी गरेका छन् ।
नेपाल र अमेरिकाको संसदीय अभ्यासका बारेमा अमेरिकी गैरसरकारी संस्था एचडीपीले गरेको अनुभव आदानप्रदानका क्रममा नेपालका सांसदहरुले यस्तो बिलौना गरेका हुन् ।
कार्यक्रममा सहभागी धेरैजसो सांसदहरुको भनाइ थियो–हामी गरीव छौँ, हामीसँग आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा जान समेत पैसा हुँदैन । हामीलाई त्यसका लागि सरकारले पैसा पनि दिँदैन । यस्तो अवस्थामा हामीले जनताका काम कसरी काम गर्ने ?’
त्यस्तै सत्ता पक्षका सांसदहरुले त संसदमा सत्तापक्षको सांसद भएपछि संसदमा प्रश्न समेत गर्न नपाएको गुनासो गरेका थिए । सांसद लक्ष्मी परियारले अनुभव सुनाउने क्रममा भनिन् ‘तपाईँहरुसँग विज्ञ कर्मचारी हुन्छन् भन्नुभयो, हाम्रोमा त्यस्ता कर्मचारी पनि हुँदैनन् र खर्चको पनि व्यवस्था हुँदैन । हामी जिल्ला जान नै सक्दैनौँ । बरु तपाईँहरुले हाम्रा माथिल्लो निकायका मानिसहरुलाई भेटेर खबर सुनाइदिनुपर्यो ।’
त्यस्तै अर्की सांसद माया ज्ञवालीले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘हामी दयनीय अवस्थामा छौँ, हामीले बोलेको कसैले सुन्दा पनि सुन्दैन,मैले त अमेरिका पनि देखेकी छैन । तपाईहरुले सहयोग गर्नुभयो भने देख्ने मौका पाउनेछु । तालिम दिनुभयो आभारी छौ’ उनले थपिन्, ‘मैले त रोजेको संसदीय समितिमा पनि बस्न पाएकी छैन । धेरै ठूलो समस्या छ ।’ यसरी विदेशी सामू नेपालका सांसदहरुले नेपालकै बेइज्जत गरेका छन् ।
त्यस्तै अर्का सांसद बलराम बास्कोटाले दक्षिण एसियाली मुलुकका संसदहरुले भोग्ने अन्य समास्याबारे प्रकाश पारेका थिए ।

नेपाली सांसदहरुको गुनासो सुनिसकेपछि एचडीपीका प्रतिनिधि बब गुर्लाटे, ब्राडस्मित र सुसन एटीसनले अमेरिकामा सांसदहरुलाई आवश्यक कर्मचारी र खर्चको व्यवस्था त्यहाँको संसदले गर्ने जानकारी गराए । प्रतिनिधि ब्राडस्मितले राष्ट्रपतिलाई समेत सिनेटले नै बजेट छुट्याएउने र त्यसरी छुट्याएको बजेट सिनेटले पास गरेर खर्च गर्ने गरिएको अनुभव सुनाए ।
अमेरिकी प्रतिनिधिहरुलाई नेपाली सांसदले आफ्नो माथिल्लो निकायमा सिकायत गर्न गरेको आग्रहलाई आफै माग्न सुझाव दिए ।
‘आफैले माग्नुभएन भने पाउनुहुन्न, त्यसैले आफै माग्नुस्,’ गुर्लाटेले भने । त्यस्तै उनीहरुले सांसदको महत्त्वपूर्ण काम भनेको नै निगरानी भएकाले त्यसतर्फ लाग्न सुझाव दिए ।
‘श्रोतसाधन नभएपनि इच्छाशक्ति भए काम गर्न सक्नुहुन्छ । झोलाभरी पैसा भएपनि इच्छा भएन भने केही हुँदैन । त्यसैले निगरानीलाई जोड दिनुस्’ अमेरिकी प्रतिनिधिको सुझाव थियो । एचडिपी अमेरिकी संसदमा काम गर्ने पूर्व कर्मचारी र सांसदहरु सहभागी रहेको गैरसरकारी संस्था हो ।
यही संस्थाको आयोजनामा मंगलबार ललितपुरमा भएको कार्यक्रममा अमेरिकी संसद र नेपालको संसदीय अभ्यासबारे अन्तर्क्रिया भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने
-
निगमलाई उकास्न उपयुक्त मोडलको खोजी भइरहेको छ : मन्त्री पौडेल
-
साउन अन्तिममा नेपाल फर्केलान् देउवा दम्पती ?
-
वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुस तयार
-
हालान्डका लागि कुनै मञ्च ठूलो छैन
-
इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का छ : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण