बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

कुलो पुनर्निर्माण नहुँदा फाँट चार वर्षदेखि बाँझियो

बुधबार, ०३ असार २०८३, ११ : २७
बुधबार, ०३ असार २०८३

पाँचथर । बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा यहाँको माझीटारको फाँट चार वर्षदेखि बाँझिएको छ । खाद्यान्न र नगदेबाली उत्पादन गर्न नपाएपछि यहाँका बासिन्दाको जीविकोपार्जन कठिन बन्दै गएको छ ।

फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित तमोर नदी र हेंवाखोलाको किनारामा अवस्थित माझीटारको समथर खेतीयोग्य जमिनमा अहिले मकैबाहेक खेती हुन छाडेको छ । विसं २०८० असार ३ गते आएको बाढीले माझीटारमा हेंवाखोलाबाट ल्याइएका दुईवटा सिँचाइ कुलो क्षतिग्रस्त बनाएको थियो । कुलाको मुहान भएको स्थानमा बाढीका कारण खोला गहिरिएपछि फिदिम र हिलिहाङ दुवैतर्फ सञ्चालित कुलो पूर्ण रूपमा बन्द भएका छन् । जसकारण चार वर्षदेखि धान, सागसब्जी, नगदेबाली र फलफूलखेती हुन नसकेको फिदिम–४ की मीना माझीको भनाइ छ ।

हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मङ्ग्रातीले विपद्बाट प्रभावित योजनाहरूको पुनर्निर्माण तथा प्रभावितलाई सहयोग गर्ने बजेट नहुँदा समस्या भएको बताए । माझीटारमा माझी र तामाङ समुदायका गरी ४१ घर छन् भने बाहिरबाट गएर राजमार्गमा आधारित होटल सञ्चालन पनि भइरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप