नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचथरको एक विद्यालयमा कार्यरत बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
हिलिहाङ गाउँपालिका वडा नम्बर ७ स्थित श्री जय भवानी माध्यमिक विद्यालयमा कार्यरत बिना कुमारी राईविरूद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
राईले सरकारी जागिर खानका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अख्तियारले जनाएको छ। उनले बालविकास सहजकर्ताको राष्ट्रसेवक पदमा नियुक्ति लिन तथा सरकारी सेवा सुविधा प्राप्त गर्न कक्षा ८ र एसएलसीको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्र नक्कली बनाएर पेस गरेको अनुसन्धानबाट खुलेको छ।
राईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर गरिरहेको भन्दै छानबिनका लागि अख्तियारमा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा विस्तृत अनुसन्धान गर्दा आरोप पुष्टि भएपछि बुधबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रवक्ता न्यौपानेले भने, ‘अनुसन्धान हुँदा प्रतिवादी बिना कुमारी राईले झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरी लाभ तथा सरकारी सेवा सुविधासमेत प्राप्त गरेको पुष्टि भएको छ।’
आयोगले राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गरेको छ। सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएबमोजिम नै उनलाई कैद र जरिवाना सजाय हुन मागदाबी लिई अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण