कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
बुधबार, ०३ असार २०८३, १३ : ०२
सुर्खेत । कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।
मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ । त्यस्तै रणनीतिक सडक आयोजना निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ ।
पर्यटकीय क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार गर्न सडक र पुल निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण